बालसुधार गृहको थुनाबाट भागेका किशोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

बालसुधार गृहको थुनाबाट भागेका किशोर पक्राउ

भक्तपुर । भक्तपुरको बालसुधार गृहको थुनाबाट भागेका किशोरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमी र महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उदयपुरको बेलका नगरपालिका ५ स्थायी घर भइ काठमाडौंको गोकर्ण बस्ने किशोर मंगलबार बिहान बालसुधार गृहको पर्खाल नाघेर भागेका थिए। भागेको साढे २ घण्टापछि उनलाई पशुपतिनाथ मन्दिर परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको हो।

गोकर्णमा एसिड प्रहार गरेको मुद्दामा वर्ष १८ का उनलाई अदालतले बालक भएकै कारण बाल सुधार गृहमा राख्ने आदेश दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);