पशुपतिमा मंगलबारदेखि वत्सलेश्वरी जात्रा शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पशुपतिमा मंगलबारदेखि वत्सलेश्वरी जात्रा शुरु

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलवारदेखि वत्सलेश्वरी (दुरुच्याँच्याँ) जात्रा शुरु हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले सोमवार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । कोषले मंगलबार साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने जनाएको छ । चैत्र कृष्णाष्टमी÷शीतला अष्टमीमा शुरु भइ चैत्र शुक्ल तृतियामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ ।

यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् । यात्रा अवधिभर बाटोमा चीराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवताहरुलाई धुप बालेर पूजा गर्ने गरिन्छ । पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ जात्राहरुको थलो भएकाले यसको संरक्षण र संवद्र्धनको आवश्यक्ता रहेको बताउनु भयो ।

जात्रा सञ्चालनका लागि १३ जनाको पर्व सञ्चालन एवं समन्वय समिति पनि गठन गरिएके छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);