आजबाट काठमाडौंमा हाँडीगाउँको जात्रा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आजबाट काठमाडौंमा हाँडीगाउँको जात्रा सुरु

काठमाडौं, ८ कात्तिक । काठमाडौंमा आजबाट हाँडीगाउँको जात्रा सुरु भएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्ट देखि ३ दिन सम्म यो जात्रा मनाउने गरिन्छ ।

लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौँका अन्य जात्रा भन्दा फरक हुन्छ । रथको गजुर तलपारी र गर्भगृह र भगवानको मुर्ति माथि राखेर रथको निर्माण गरिन्छ । भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ ।

साथै रथमा मैनको सुगन्धित फुल बनाई राख्ने गरिन्छ । यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहिँ नभएको जात्रा हाँडी गाउँमा भनिएको स्थानीय बताउँछन् । जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ ।

साथै रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भिड हुने गर्दछ । यो फूललाई प्रसूतिपीडामा रहेकी महिलालाई सुघाउँदा पीडा कम हुने विश्वास गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);