नेकपाका अध्यक्ष दाहाल शुक्रबार भारत जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

नेकपाका अध्यक्ष दाहाल शुक्रबार भारत जाँदै

prachanda-dahal

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार भारत जाने भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘पाँचौं इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटनमा सहभागी हुन दाहाल भारत जान लागेका हुन् ।

उद्घाटन कार्यक्रममा दाहाललाई मुख्य वक्ताको रुपमा बोलाइएको जनाईएको छ । फाउण्डेसन भारतको थिंक ट्यांक संस्था हो । अध्यक्ष दाहाल शुक्रबारै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

पार्टी एकतापछि नेकपाका अध्यक्षका हैसियतले दाहालको यो दोस्रो भारत भ्रमण हो । दाहाल यसअघि भदौको दोस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमण गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);