काठमाडौँ, १९ असोज । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उहालाई आइतबार अपराहृन बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।
यसअघि आइतबार विहान महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
https://emountaintv.com/news/83267/
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।