दसैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइयो (तस्बिर सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

दसैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइयो (तस्बिर सहित)

काठमाडौं, १८ असोज । वडादसैंको सातौं दिन काठमाडाैंको हनुमानढोकास्थित दसैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ ।

गोरखाबाट ल्याइएको फुलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दसैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो । त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरि भित्रयाउनु भएको थियो भने नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाई गरेका थिए ।

परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउन गरिन्छ । यसको महत्व र चर्चा पनि बेग्लै छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फुलपाती ल्याउने प्रचलन सुरु भएको हो ।

गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैंघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाती ल्याउने प्रचलन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);