नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फुलपातीको हर्षबढाई (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फुलपातीको हर्षबढाई (फोटो फिचर)

काठमाडौं, १८ असोज । बडादसैंको सातौं दिन शनिबार काठमाडौंको सैनिक मंच टुँडिखेलमा फुलपातीको हर्षबढाई गरिएको छ । काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा बडा दसैंको सातौं दिन फुलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाई गरिएको हो ।

समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रदर्शन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्धारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो ।

नेपाली सेनाले दसैंको फुलपातीको दिन हरेक वर्ष एक विशेष समारोहका बीच फुलपातीको हर्ष बढाई गर्दछ । यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फुलपाती भित्र्याउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);