यसपालिकाे दशैंमा उपत्यकामा खटिने कुनैपनि ट्राफिक प्रहरीले बिदा नपाउने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

यसपालिकाे दशैंमा उपत्यकामा खटिने कुनैपनि ट्राफिक प्रहरीले बिदा नपाउने

traffic prariri

सीता शर्मा
काठमाडौं, १८ भदौ । नेपालीहरुको महान पर्व बडादशैँको रौनक चारैतिर फैलिएको छ । खासगरी दशैँमा टाढा टाढा रहेका आफन्तहरु घर फर्कने र पारिवारीक जमघट हुने भएकाले पनि दशैँले सबैमा उमंग ल्याउने गर्दछन् ।

तर स्वास्थ्य, सुरक्षा, सञ्चार जस्ता क्षेत्रमा कार्यरत अधिकांश कर्मचारीहरुले भने दशैंमा पनि कार्यक्षेत्रमा नै खटिनुपर्ने बाध्यता हुन्छ । त्यसमा पनि सुरक्षा क्षेत्रमा खटिने कर्मचारीलाई बिदा पाउन निकै कठिन हुन्छ । यसवर्षको दशैंमा उपत्यकामा खटिने कुनैपनि ट्राफिक प्रहरीले बिदा नपाउने भएका छन् ।

काठमाडौको थापाथली चोकमा ट्राफिक व्यवस्थापनमा खटिनु भएकी सरीता घलेलाई दशैंमा घर आउन भन्दै आमा बुबाको पटक पटक फोन आइरहेको छ । धादिङ घर भइकी घलेले यसवर्ष दशैंमा बिदा पाएकी छैनन् तर छोरी घर आउँछे भनेर कुरेर बसेका आमाबुवालाई आफुले बिदा नपाएको कुरा उनले भनेकी छैनन् ।

चारैतिर दशैँको चहलपहल भइरहेको छ । आम सर्वसाधारणहरु आ आफ्नो घर फर्केको देख्दा मन पोल्ने गरेको घले बताउँछिन् । वर्षमा एक पटक आउने चाडपर्वमा परीवारसंग भेट्न नपाउँदा उनले दुखेसो पोखिन ।

धादिङकी सरीता घलेमा मात्र होइन यस पटकको दशैंमा काठमाडाैं उपत्यकामा खटिने कुनैपनि ट्राफिक प्रहरीले बिदा नपाउने भएका छन् । चाडपर्वको सुरक्षालाई र चिनियाँ राष्ट्रपति सि जिङपिङको आसन्न नेपाल भ्रमणको सुरक्षालाई लिएर कुनैपनि ट्राफिक प्रहरीलाई बिदा दिइएको छैन ।

बर्दियाकी चयन कुमारी चौधरीले तिन वर्ष भयो परीवारसंग दशै नमनाएको । यस पटक पनि बिदा नपाउने भएपछी उनलाई निकै दुख लागेको छ । तर देश र जनताको सुरक्षाका लागी खटिने कसम खाएर सेवामा प्रवेश गरेपछी जस्तोसुकै भएपनी आफ्नो कर्मलाई महत्व दिनुपर्ने उनले बताइन् ।

उपत्यका भित्र रहेका १ हजार ३ सय ८० ट्राफिक प्रहरी मध्ये निकै संवेदनशिल काम परेका ट्राफिक प्रहरीले मात्र बिदा पाएका छन् । तर दशैँका लागी कुनै ट्राफिक प्रहरीले बिदा पाएका छैनन् ।

ट्राफिक प्रहरी महाशाखका प्रमुख भिमप्रसाद ढकालले आसन्न सि जिङपिङको भ्रमण भएर भन्दा पनि अहिले पनि दैनिक जसो भिभिआईपी सवारी भइरहेकाले ट्राफिक प्रहरीलाई बिदा नदिइएको बताउनुभयो ।

यस पटक चाडपर्वको बिदा नपाएका ट्राफिक प्रहरीहरुको कार्यालयमै र कार्यक्षेत्रमै रमाउने योजना बनाएको प्रमुख ढकालको भनाई थियो । आफ्नो कर्मलाई नै विश्वास गरेर कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी सबैका लागी प्रसंसा योग्य व्यक्तिहरु हुन् ।

यसपटक उपत्यकाका सडकमा विदामा पनि ट्राफिक प्रहरी खटिने भएपछि चाडवाडको बेला हुने सवारी दुर्घटनामा कमी आउने विश्वास गर्न सकिन्छ । वर्षमा १ पटक आउने चाडपर्वमा समेत परीवारको साथ छाडेर कर्म थालेमा रमाइरहेका ट्राफिक प्रहरीको कामलाई हामी सबैले सम्मान गर्नुपर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);