दशैँ मनाउन पुख्र्यौली घर गएकाहरू उपत्यका फर्कन थाले (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दशैँ मनाउन पुख्र्यौली घर गएकाहरू उपत्यका फर्कन थाले (भिडियाेसहित)

काठमाडाैं । दशैँ मनाउन पुख्र्यौली घर गएकाहरू यतिबेला धमाधम कर्मथलो काठमाडौं उपत्यका फर्कन थालेका छन् । चाड मनाउन गएकाहरू फर्किन थालेसँगै पूmलपातीका दिनदेखि सुनसान बनेको काठमाडौमा चहलपहल पनि बढ्न थालेको छ ।

सङ्घीय राजधानी काठमाडौंका अस्थायी बासिन्दाहरू दशैँको टीका लगाउन र परिवारजनसँग भेटघाट गर्न आफ्नो पुख्र्याैली थलोतिर लागेसँगै दशैँको सप्तमीदेखि सुनसान बनेको उपत्यकामा यतिबेला भने चहलपहल बढिरहेको छ । अहिले उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरूमा गाउँबाट फर्कनेहरूको भिड बढेको छ ।

दशैँअघि विभिन्न गन्तव्यमा जानेहरूको भिड अब भने उपत्यका फर्किन हतारिएको छ । दशैँमा बिदा भएका सरकारी तथा गैरसरकारी कार्यालयहरू आईतबारदेखि खुले सँगै मानिसहरूको आवतजावत पनि बाक्लिएको हो ।

सप्तमीदेखि एकादशीसम्म सरकारी तथा निजी दुवै कार्यालयहरूले दशैँ बिदा दिने गर्दछन् । उपत्यकामा नोकरी, अध्ययन तथा पेशाव्यवसाय गरी बसेकाहरू दशैँ मनाउन गाउँ फर्कने गर्दछन् । यसरी गाउँ गएकाहरूलाई दशैँ लगत्तै कर्मथलो फर्कने हतारो हुन्छ । घटस्थापनादेखि पूर्णिमासम्म १ लाख ३३ हजार बढी सवारीसाधन उपत्यका भित्रिएका छन् भने तिनमा लगभग ४ लाख यात्री आएको ट्राफिक प्रहरीको तथ्याङक छ ।

दशैँ तिहारजस्ता पर्व मनाउन घटस्थापनापछि करिव ९ लाख सर्वसाधारणले काठमाडौ उपत्यका छोडेको ट्राफिक महाशाखाकाको तथ्याङकले देखाएको छ । तीमध्ये ४ लाख जति फर्किएर नियमित काममा खटिइसकेका छन् । तिनमा खास गरी काठमाडौं उपत्यका आसपासका जिल्लाहरूबाट फर्कनेहरू धेरै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);