मतदातालाई मतदानमा भाग लिन आयोगको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मतदातालाई मतदानमा भाग लिन आयोगको अपिल

nirbachan aayog

काठमाडौं, १८ असोज । निर्वाचन आयोगले आगामी मंसिरमा हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिन अपिल गरेको छ ।

आयोगले बडादसैं, दीपावली, नेपाल संवत छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै मतदानमा भाग लिन अपिल गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा शनिवार जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवीलगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवम् व्यक्तिप्रति शुभकामना व्यक्त गरिएको छ ।

पर्वहरुले सबै नेपालीमा सुख, सु–स्वास्थ्य, सम्पन्नता र राष्ट्रको समृद्धि कायम गर्न सफल होस् भन्ने कामना विज्ञप्तिमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);