महराविरुद्ध रोशनी शाहीले दिइन् प्रहरीमा किटानी जाहेरी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

महराविरुद्ध रोशनी शाहीले दिइन् प्रहरीमा किटानी जाहेरी

mahara-1

काठमाडौं, १८ असोज । यौन दुर्व्यवहारकोआरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको छ । पीडित भनिएकी रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् ।

संसद् सचिवालयकी महिला कर्मचारीले सभामुख महराले बलात्कार गरेको संगीन आरोप लगाएकी थिइन्। महिलाले दिएको किटानी जाहेरीमा सभामुखले आफूलाई बलत्कारको प्रयास गरेको उल्लेख गरिएको छ। आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए ।