पूर्वसभामुख महराको निलम्बन फुकुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्वसभामुख महराको निलम्बन फुकुवा

mahara_pakrau

काठमाडौं, ६ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको सांसद पद निलम्बन फुकुवा भएको हो ।

सभामुख अग्नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फुकुवा भएको जानकारी गराउनुभयो । काठमाडौं जिल्ला अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उहाँको निलम्बन फुकुवा भएको हो ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो । महराविरुद्ध प्रहरीले बलात्कार प्रयासको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सांसद पद निलम्बन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);