रौतहट, २६ भदौ । रौतहटमा एम्बुलेन्स दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ ।
घाइते रहेकी ६६ वर्षीया पार्वती भुजेललाई सर्लाहीको हरिऔनबाट उपचारका लागि चितवन लाँदै गरेको ज१च १४९१ नम्बरको एम्बुलेन्स दर्घटना हुदाँ उनको मृत्यु भएको हो ।
रोकिरहेका ट्रकमा ठोकिँदा सो दुर्घटना भएको हो ।
हरिऔनमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी भुजेलको एम्बुलेन्स दुर्घटनामा मृत्यु भएको हो ।
दर्घटनामा चालक सहित तीजना घाइते भएका छन् ।
उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।