चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणको तयारी तीब्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणको तयारी तीब्र

तेजना पण्डित
काठमाडौं, १७ असोज । चीनका राष्ट्रपति सी जीन पिङ असोजको अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । विश्व अर्थतन्त्रमा शक्तीशाली राष्ट्र चीनका राष्ट्रप्रमुख नेपाल आउनु नेपालको लागी महत्वपुर्ण कुरा हो ।

भ्रमणलाई नेपालले नेपालको हितमा बनाउनु पर्नेछ । चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई उपलब्धीमुलक बनाउन नेपालले मैत्री सम्बन्धलाई गहिरो बनाउँदै सहयोगका क्षेत्रलाई व्यापक बनाउन सक्नु पर्नेछ ।

सडक, संचारका साथै रेलवे कनेक्टीभिटी, उत्तर दक्षिण कोरिडर बिस्तार, नयाँ नाका खोल्ने लगाएतका ऐजेण्डा अघि सार्ने सरकारको तयारी रहेको पूर्व प्रधानमन्त्री झलनाथ खनालले जानकारी दिनुभयो ।

भ्रमणका अवसरमा सरकारले गृहकार्य गर्दा देशको आवश्यकता र ईच्छालाई केन्द्र बिन्दुमा राखेर अघि बढ्नु पर्नेछ । करिव ३ बर्ष अघि पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री मन्त्री हुँदा चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसेसन बिआर आइमा हस्ताक्षर गरेको थियो ।

बिआरआइको संझौतालाई कार्यान्वयनमा लैजानका लागी सरकारले चीनसँग जोड्ने सडक, चिनियाँ लगानी भित्र्याउने लगायत चिनसँगको व्यापार घाटा कम गर्न नेपालबाट निर्यात गर्ने बस्तुमा भन्सार रहित बनाउनेतर्फ ध्यान दिनुपर्ने पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशसरण महतको सुझाव छ ।

महत्वपुर्ण व्यक्तिको भ्रमणलाई राष्ट्रीय हितमा वनाउनका लागी सवै दलसँग परामर्श गर्नु पर्ने हो तर अहिलेसम्म भएको पाइदैन । विपक्षी दलसँग कुनै परामर्श भएको देखिंदैन । यस्तो बेला साझा ऐजेण्डा बनाएर सरकार अघि बढ्नु पर्ने सुझाव नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको चीन भ्रमणका अवसरमा नेपाल र चीनबिच पारबहन प्रोटोकल लगाएतका ६ बुँदामा संझौता भएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीकोको भ्रमणको बेला रेलवे, पाइपलाइन बिस्तार लगाएतका १० बुँदामा संझौता भएको थियो । यो भ्रमणका अवसरमा यी संझौताहरुको कार्यान्वयनतर्फ पनि ध्यान दिनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);