कैदी बन्दीलाई पुन:प्रयोग योग्य प्याड बनाउने तालिम | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कैदी बन्दीलाई पुन:प्रयोग योग्य प्याड बनाउने तालिम

महोत्तरी, १५ असोज । महोत्तरीको जलेश्वर कारागारका महिला कैदीबन्दीहरुलाई ‘‘महिनावारी जागरुकता तथा पुनः प्रयोग योग्य प्याड’’ बनाउने ३ दिने सीपमूलक तालिम बुधबार सम्पन्न भएको छ ।

पुनःप्रयोग योग्य प्याड बनाउने तालिम दिइ महिला कैदीबन्दीहरुको व्यक्तिगत सरसफाईका साथै उनीहरुको उत्पादनलाई बजारीकरण गरी आर्थिक लाभ समेत गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

असोज १२ गतेदेखि ३ दिनसम्म भएको तालिममा कारागारका ४४ जना महिला कैदीबन्दीहरुलाई सहभागी गराइएको जलेश्वर कारागारका जेलर कन्हैया कुमार मिश्र जानकारी दिनु भयो ।

यस्तो प्याडको प्रयोगबाट आर्थिक रुपमा बचत पनि हुने र पुराना कपडाहरुको समेत सदुपयोग हुने भएकाले तालिम दिइएको प्याड बैंक नेपालकी प्रशिक्षक श्रीणु झाले बताउनु भयो ।

कारागार कार्यालय महोत्तरीको आयोजनामा सम्पन्न प्याड बैंकबाट आउनुभएका प्रशिक्षकहरुले महिला कैदीबन्दीहरुलाई महिनावारी सम्बन्धी जागरुकता प्रदान गर्नुका साथै पुनः प्रयोग योग्य प्याड बनाउने तालिम दिइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);