आइसीसी बोर्ड बैठकले क्यानबारे अर्को महिना निर्णय गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

आइसीसी बोर्ड बैठकले क्यानबारे अर्को महिना निर्णय गर्ने

Nepal-Cricket-And-icc

काठमाडौं, १४ असोज । तीन बर्षदेखि निलम्बनमा रहेको नेपाल क्रिकेट संघ क्यानबारे अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले आगामी बैठकबाट थप निर्णय गर्ने भएको छ । आईसीसीले मंगलवार बिज्ञप्ति जारी गर्दै सदस्यमा फर्कनका लागि नेपालले आवश्यक पूर्वशर्तहरु पूरा गरेको जनाएको छ।

आइसीसीको अर्काे महिना दुबईमा बस्ने बोर्ड बैठकले क्यानको बिषयमा आगामी कदमबारे निर्णय गर्ने जनाएको छ । क्यानको हालै सम्पन्न निर्वाचनको स्वागत गर्दै आईसीसीले पछिल्लो तीन बर्षमा राष्ट्रिय टोलीले एकदिवसीय मान्यता पाउनुका साथै पहिलो प्रतियोगितामै विजय हासिल तथा महिला र उमेर समुहको प्रतियोगितामा पनि सन्तोषजनक प्रदर्शन गरेर नेपाली क्रिकेटले नयाँ उचाई हासिल गरेको उल्लेख गरेको छ ।

आइसीसीका उपाध्यक्ष इमरान ख्वाजाले आइसीसीको सुधार प्रयासले नेपाली क्रिकेटमा उल्लेख्य सुधार आएको बताएका छन । सरकारी हस्तक्षेप बन्द गर्नुपर्ने तथा निश्पक्ष र स्वतन्त्र निर्वाचन गर्नुपर्ने नियम उल्लंघन गरेको भन्दै आईसीसीले क्यानलाई सन् २०१६ मा निलम्बन गरेको थियो ।