मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, १० असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि पर्यटन र कृषि क्षेत्रको विकासमा सरकार केन्द्रित रहेको पनि बताउनु भयो । विश्व पर्यटन दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गरिवी निवारणको क्षेत्रमा पनि पर्यटन क्षेत्रले अरु क्षेत्रले भन्दा धेरै राम्रो काम गर्ने पनि स्पष्ट पार्नु भयो ।

अर्थमन्त्री खतिवडाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि नेपालको सांस्कृतिक तथा पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई पनि तीव्रता दिएको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);