जलविद्युत कम्पनीको खराव वित्तीय अवस्थाले लगानीकर्ता निरुत्साहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जलविद्युत कम्पनीको खराव वित्तीय अवस्थाले लगानीकर्ता निरुत्साहित

Upper-Tamakoshi-Hydropower-project

प्रमिला खतिवडा
काठमाडौं, ७ असोज । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने मूल नाराका साथ अगाडी बढाइएको जलविद्युतमा लगानीकर्ताको आकर्षण खासै देखिको छैन ।

पछिल्लो समय जलविद्युत कम्पनीको खराव वित्तीय अवस्थाले लगानीकर्ताहरु अहिले संकटमा परेका छन् । यो समयमा अधिकांश जलविद्युत कम्पनीका शेयर मूल्य दोस्रो बजारमा सय रुपैयाँभन्दा कम रुपैयाँमा पाउन थालेपछि लामो समयदेखि लगानी गरेर बसेका लगानीकर्ता मारमा परेका छन् ।

समग्रमा नेपालमा शेयर बजार ओरालो लागिरहको बेला जलविद्युततर्फको शेयरको अवस्था त झनै निराशाजनक देखिन्छ । राम्रो प्रतिफल दिन नसक्ने भएकाले अधिकांश जलविद्युत कम्पनीको शेयर बजार मूल्य आधार मूल्यभन्दा तल झरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ३२ कम्पनीमध्ये २६ वटाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ वटा जलविद्युत कम्पनी अहिले नोक्सानमा छन ।

प्राथमिक बजारबाट १०० रुपैयाँमा खरिद गरेका अधिकांश जलविद्युत कम्पनीको अहिले शेयर मूल्य ८० रुपैयाँ भन्दा कममा आएपछि लगानीकर्ता मारमा परेका हुन् । लामो समयसम्म राम्रो प्रतिफल दिन नसक्ने हुँदा ती कम्पनीहरुले दोस्रो बजारमा राम्रो मूल्य प्राप्त गर्न सकेका छैनन् ।

कुनै समय जलविद्युत कम्पनीको शेयर भन्दै दिनभरी लाम बसेर खरिद गरेका कम्पनीको बजार मूल्य अहिले १०० रुपैयाँभन्दा तल छ । यसरी शेयर मूल्य आधार मूल्यभन्दा तल झर्न थालेपछि सर्वसाधारणसँगै संस्थापक शेयरधनीहरुले पनि कसैलाई पनि जलविद्युतमा लगानी गर्न अर्थात शेयर किन्न समेत सुझाउंदैनन् ।

केही समय अगाडी प्रधानमन्त्री केपी शर्मा ओली तथा उर्जा जलसा्रेत तथा सिँचाई मन्त्री बर्षमान पुन आफैले सर्वसाधारणलाई शेयर किन्न प्रेरित गर्ने उद्देश्यले शेयर किन्नु भएको थियो । तर जलविद्युतको अवस्था भने अझै धेरै वर्ष लाभांस दिन सक्ने अवस्था देखिएको छैन् । सरकारले विपन्न बर्गकालाई शेयर किन्न विशेष ऋणको व्यवस्था गरेपनि दोस्रो बजारमा उचित मूल्य पाउने नदेखेपछि पछिल्लो समय सर्वसाधारणले जलविद्युत कम्पनीका आइपिओ समेत खरिद गर्न नै छाडेको ब्रोकरको भनाईछ ।

जलविद्युत आयोजना निर्माण गर्न धेरै पैसा लाग्ने र यसले प्रतिफल दिन धेरै वर्ष कुर्नुपर्ने भएकाले पनि लगानीकर्ताले जलविधुतलाई रुचाएका छैनन् । सरकारले जलविद्यु क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम नल्याउनु तथा सरकारकै कमजोर नीतिका कारण अथाह सम्भावना हुँदाहुँदै पनि आन्तरिक समस्याका कारण रोजाईमा पर्नै छाडेको शेयरबजार विश्लेषक ज्योती दाहालको भनाईछ ।

सरकारले लाईसेन्स लिएर काम अघि नबढाएका १०० बढी साना जलविद्युत आयोजनालाई बास्केटमा राखेको छ । करिब ३ हजार मेगावाटका १०८ जलविद्युत आयोजना बास्केटमा राखिएकोमा १०० भन्दा बढी साना जलविद्युत आयोजना परेका छन्। ती मध्ये ८८ वटा आयोजना १० मेगावाट भन्दा पनि साना जलविद्युत आयोजना रहेको विद्युत विकास विभागले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);