एजेन्सी, ४ असोज । बोर्नमाउथ इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बोर्नमाउथले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो ।
पहिलो हाफमा दुई गोल गरेको बोर्नमाउथले दोस्रो हाफमा थप एक गोल र्गयो र एक गोल खायो । १० औँ मिनेटमा नाथन एकेको गोलबाट बोर्नमाउथले सुरुवाति अग्रता लियो । ३५ औँ मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि टिमले पहिलो हाफमा २–० को अग्रता लियो ।
५३ औँ मिनेटमा जेम्स वार्ड–प्रोवसीले ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा साउथह्याम्पटनका लागि एक गोल फर्काए ।इन्जुरी समयको पाँचौँ मिनेटमा क्यालम विल्सनले गोल गरेपछि बोर्नमाउथले ३–१ को जित निश्चित गरेको हो ।
जितपछि ६ खेलबाट १० अंक जोडेको बोर्नमाउथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग बोर्नमाउथले अंक बराबरी गरेको छ । सात अंकसहित साउथह्याम्पटन ११ औँ स्थानमा छ ।