प्रिमियर लिग : एस्टन भिल्लाद्वारा एभर्टन २–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रिमियर लिग : एस्टन भिल्लाद्वारा एभर्टन २–० ले पराजित

aston villa vs everton

एजेन्सी, ७ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाको जितमा वेस्ली र अन्वर एल गाजीले गोल गरे ।

वेस्लीले २१ औँ मिनेटमा गोल गरेपछि एस्टन भिल्लाले पहिलो हाफमा १–० को अग्रता लियो । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा अन्वरले गोल गरेपछि एस्टन भिल्ला २–० ले विजयी भयो ।

सिजनका सुरुका दुई खेलमा पराजित भएको उसले तेस्रो खेलमा तीन अंक जोडेको हो । यसअघिका एक खेलमा जित र एकमा बराबरी गरेको एभर्टनले सिजनको पहिलो हार बेहोरेको हो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);