साउदीमा भएको ड्रोन आक्रमणमा इरानी हतियारको प्रयोग भएको प्रमाण फेला | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

साउदीमा भएको ड्रोन आक्रमणमा इरानी हतियारको प्रयोग भएको प्रमाण फेला

Saudi-Arabia-dron attick

एजेन्सी , १ असोज । साउदी अरबले अबकायक र खुराइश तेल प्रशोधन केन्द्रमा भएकोे ड्रोन आक्रमणमा इरानी हतियारको प्रयोग भएको प्रमाण फेला परेको दाबी गरेको छ ।

साउदी अरबको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै शनिबार मुलुकको पूर्वी क्षेत्रमा रहेको आक्रमणमा इरानी हतियार प्रयोग भएको प्रमाण फेला परेको र यसका सम्बन्धमा संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोगमा अनुसन्धान अघि बढाइने उल्लेख गरेको छ ।

यसअघि अमेरिकाले पनि साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको संलग्नता पुष्टि गर्ने भन्दै स्याटेलाइट तस्बीर सार्वजनिक गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);