अलपत्र परेका ३ सय पर्यटक बोकेका ७ हेलिकप्टर आकस्मिक अवतरण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अलपत्र परेका ३ सय पर्यटक बोकेका ७ हेलिकप्टर आकस्मिक अवतरण

helicopter

काभ्रे, ३१ भदौ । सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका छन् ।

सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब भएपछि आकस्मिक अवतरण गराएका हुन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टर छन् । केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए । अलपत्र परेका तिनै पर्यटकको उद्दारका लागि हेलिकप्टरहरु लुक्ला पुगेका थिए । प्रतिकूल मौसममा जोखिम नलिने भन्दै ७ वटा इनरुटमा रोकिएका हुन् ।

पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र होक्से भन्ने ठाउँमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सोलुखुम्बुबाट उडेका ८ मध्ये ४ वटा काभ्रेमा र ३ वटा सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण भएको हो । ८ वटा हेलिकप्टर लुक्लाबाट बिहान उडेको जानकारी आएको छ, तीमध्ये ४ वटा काभ्रेमा र ३ वटा सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण भए । काभ्रेमा अवतरण भएका मध्ये एउटा केही मिनेटअघि मात्रै काठमाडौंका लागि उडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);