काठमाडौं, २८ भदौ । हुम्लाबाट पोखराको लागि उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण गरेको छ । कैलाश कम्पनीको हेलिकप्टर बुधबार साझ राप्ती गाउँपालिकाको लालमाटियास्थित आर्दश नमुना माविको प्रांगणमा आकस्मिक अवतरण गरेको थियो ।
मौसम खराब भएकोले पोखरा अवतरण गर्न नसकेर दाङको देउखुरीमा अवतरण गर्न परेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
सो हेलिकप्टरमा पाइलटसहित ५ जना रहेको थिए । उनीहरु हुम्लाबाट हेलिकप्टर चार्टर गरेर पोखरा जादैं थिए । अहिले बिहान पोखरा उडान भर्ने तयारीमा छन् ।




