लुम्बिनीका लागि उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर भरतपुरमा आकस्मिक अवतरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लुम्बिनीका लागि उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर भरतपुरमा आकस्मिक अवतरण

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरमा आकस्मिक अवतरण गरेको छ । लुम्बिनीका लागि उडेको हेलिकोप्टर खराव मौसमका कारण भरतपुरमा आकस्मिक अवतरण गरिएको हो । आधा घण्टापछि मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली लुम्बिनीतर्फ उडेका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंबाट लुम्बिनीका लागि उडेका थिए । चितवन पुग्दा मौसम प्रतिकुल भएपछि हेलिकप्टर चितवनको भरतपुरमा आकस्मिक अवतरण गरिएको हो।

प्रधानमन्त्री सवार हेलिकोप्टर प्रतिकुल मौसमका कारण भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा आधा घण्टा अवतरण भएको थियो । हेलिकोप्टर आकस्मिक अवतरण भएपछि प्रधानमन्त्री ओलीले भरतपुर महानगरकी मेयर रेणु दाहालसँग भेटघाट गरेका थिए । उक्त हेलिकोप्टरमा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य र नेकपाका महासचिव विष्णु पौडेल थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);