देशभर बर्षा : बिहीवारदेखि मौसममा सुधार आउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशभर बर्षा : बिहीवारदेखि मौसममा सुधार आउने

काठमाडौं, ३१ भदौ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले मंगलवार देशभर वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढेको हो ।

मनसुनको न्यून चापीय रेखाको औसत स्थान भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली, उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र बंगालको खाडीमा रहने गरेको छ ।

मौषम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार र बुधवार देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा हल्कादेखि भारी बर्षाको संभावना रहेको छ ।

महाशाखाले बर्षाका कारण पहिरो जान सक्ने नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ । बिहिवारदेखि भने मौषममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);