काठमाडौं, २४ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउन एशीयाली राष्ट्रहरुको योगदान महत्वपूर्ण हुनसक्ने बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले पूँजी बजारको विस्तारको गतिलाई अझै बढाउँदै लगेर एशीया राष्ट्रहरुले विश्वमै गरिवी निवारणको अभियानमा पनि अग्रणी भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘एशीया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप’ को २३ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उहाँले नेपालको पूँजी बजारको दायरा बढदै गएको उल्लेख गर्नुभयो । नेपाली पूँजी बजारको विकासका लागि सरकारले प्रविधिको विकासमा जोड दिएको पनि उहाँले स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री खतिवडाले सरकारले पूँजी बजारकै हितका लागि उत्पादनमूलक क्षेत्रमा बाह्य लगानी भित्र्याउन जोड दिनु परेको पनि बताउनु भयो ।