सामान्य सुरक्षामा समेत ध्यान नदिँदा श्रमिकले ज्यान गुमाएको तथ्यांक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सामान्य सुरक्षामा समेत ध्यान नदिँदा श्रमिकले ज्यान गुमाएको तथ्यांक सार्वजनिक

gril prashikshan

काठमाडौं, २२ भदौ । ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले सामान्य सुरक्षामा समेत ध्यान नदिएका कारण ३ बर्षमा ५३ श्रमिकहरुले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक गर्नु भएको छ ।

आईतबारबाट काठमाडौंमा सुरु भएको ग्रील व्यवसायमा काम गर्ने श्रमिकहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले ग्रील व्यवसाय जोखिमपूर्ण भएकाले सावधानीका साथ काम गर्न पनि श्रमिकहरुलाई सचेत गराउनु भयो । अध्यक्ष कटुवालले हातमा पञ्जा लगाउने, आँखामा चश्मा लगाउने जस्ता सामान्य सावधानी नअपनाउँदा श्रमिकहरुको ज्यान जाने गरेकाले सचेत गराउन प्रशिक्षण लगायतका कार्यक्रम संचालन गर्नु परेको बताउनु भयो ।

महासंघले ग्रील श्रमिकहरुको सुरक्षाका लागि देशभर यस्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना तय गरेको छ । अध्यक्ष कटुवालले श्रमिकहरुको जीवन र उनीहरुको आर्जन सुरक्षा र जीवन रक्षाका लागि सावधानी अपनाउन सघाउ पु¥याउने उद्देश्यका साथ महासंघले प्रशिक्षण लगायतका चेतनामूलक कार्यक्रम अघि बढाइएको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);