ओलीले देलान् दाहाललाई एकल अधिकार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

ओलीले देलान् दाहाललाई एकल अधिकार ?

oli dahal

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेबित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालुवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्ष ओलीलाई दिए ।

विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्त रूपमा गर्दै आएको पार्टी कामको जिम्मेवारी दाहाललाई सुम्पेका थिए । त्यही जिम्मेवारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरे ।

अब पार्टी कामको एकल जिम्मेवारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ ? नेकपाका धेरै नेताहरू प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्वक नियालिरहेका छन् । उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारतर्फ आफूले बढी ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालय बैठकमा राखेका थिए । अब यसको व्यावहारिक कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो सत्तारूढ वृत्तमा छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७४ फागुन ७ मा एकता हुँदा नेतृत्व र सरकार आलोपालो चलाउने सहमति गरिएको थियो । उक्त सहमतिमा पार्टी बैठकहरूको आलोपालो अध्यक्षता गर्ने र एउटा अध्यक्षले आधा अवधि सरकारको नेतृत्व गरेपछि बाँकी कार्यकाल अर्कोलाई हस्तान्तरण गर्ने भन्ने थियो । तर विगत १५ महिनाको अवधिमा सचिवालय, स्थायी समितिका बैठक संयुक्त रूपमा दुई अध्यक्षले चलाए, आलोपालो भएन ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।