हावा-हुरी पीडितलाई निवास हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

हावा-हुरी पीडितलाई निवास हस्तान्तरण

बारा, १९ भदौ । गत चैत्र १७ गते आईतवार बारा पर्सामा आएको बिनाशकारी हावा हुरीबाट पूर्ण रुपमा प्रभावित भएका घरहरुको पुनःनिर्माण सकाएर सम्बन्धितलाई हस्तान्तरण गरिएको छ ।

हुरी प्रभावितका लागि घर निर्माण गर्न बनाईएको जनता आवास कार्य दलले आयोजना गरेको कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवंम् रक्षा मन्त्री ईश्वर पोखरेलले प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतलाई नमूना घर हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले सम्बन्धित स्थानीय तहका प्रमुखहरुलाई प्रमाण–पत्र प्रदान गर्दै औपचारिक रुपमा घर हस्तान्तरण गर्नु भयो । कार्यदलका अनुसार बारा पर्सा जिल्लाका कुल आठ सय ६९ घरको निर्माण कार्य सकिएको जानकारी दिइयो ।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवंम् रक्षा मन्त्री ईश्वर पोखरेलले सेनाको कार्य कुशलता र दक्षताले यो काम सम्पन्न भएको भन्दै नेपाली सेनालाई धन्यवाद दिनुभयो ।

भर्खरै देश संघीयतामा गएको र तीन तहको सरकार निर्माण भएको अवस्थामा घर पुनःनिर्माणको काम कसले र कसरी गर्ने भन्ने अन्यौलताकाबीच तीनै वटा सरकारको समन्वयमा काम भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

सेनाले जनता आवासको डिजाईन अनुसार दुई कोठा, एक भान्सा घर र एक शौचालय सहितको घर निर्माण गरेकोे हो । सरकारले प्रति घर पाँच लाख ४५ हजार नाैं सय ८५ रुपयाँ ८८ पैसाका दरले रकम निकासा गरेको थियो ।

सोही परिधि भित्र रहेर प्राप्त डिजाईन अनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेनाले सरकारले तोकेको रकममा समेत ११.१९ प्रतिशत बचत गर्न सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);