बेलायती संसद् पाँच हप्ताका लागि निलम्बित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बेलायती संसद् पाँच हप्ताका लागि निलम्बित

british cabinet suspended

एजेन्सी, १२ भदौ । ब्रिटेनको संसद्लाई ब्रेक्जिट प्रक्रियाको महत्वपूर्ण पाँच हप्ताजति निलम्बित गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियालाई प्रभावित पार्ने संसद्को अधिकारलाई आफूले अवरुद्ध पार्न नचाहेको बताएका छन् । उनका अनुसार अक्टोबर १४ तारिखमा महारानी एलिजाबेथले संसद्मा सम्बोधनमार्फत् सरकारका नीतिहरू सार्वजनिक गर्नेछन् ।

त्यसअघि संसद् निलम्बन गर्न सरकारले महारानी एलिजाबेथलाई आग्रह गरेको थियो । संसद् स्थगन भएको बेलामा त्यहाँ कुनै बहस र मतदानहरू हुँदैनन् र संसद्बाट पारित हुन नसकेका धेरैजसो विधेयकहरू यो बेला निष्क्रिय बन्छन् । संसद् भङ्ग र निलम्बन गर्ने अवस्थाबीच केही भिन्नता छन् ।

संसद् भङ्ग हुँदा सांसदहरूको पद रहँदैन र आमनिर्वाचानको प्रचार– प्रसारमा संलग्न हुन्छन् । यता संसद् निलम्बन गरेको असन्तुष्टि जनाउँदै लन्डनमा विरोध प्रदर्शनहरु भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);