एक अमेरिकी औषधी कम्पनी बिरुद्ध २ हजार बढी उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एक अमेरिकी औषधी कम्पनी बिरुद्ध २ हजार बढी उजुरी

एजेन्सी, ११ भदौ । अमेरिकी औषधी निर्माता कम्पनी पर्डयु फार्माले आफूविरुद्धका हजारौं उजुरीहरु फिर्ता गर्न १० देखि १२ अर्ब डलरसम्म तिर्ने प्रस्ताव गरेको छ ।

सो कम्पनीको दुखाई कम गर्ने औषधी अक्सिकोन्टिनविरुद्ध २ हजार भन्दा बढी उजुरी परेका छन् । उजुरी परेपछि उक्त औषधी कम्पनीले औषधीको गुणस्तर सुधारका लागि समेत काम गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

आफ्ना औषधीहरुविरुद्ध परेका उजुरी तथा अन्य कानूनी झमेला मिलाउन लामो समयदेखि प्रयास गरिरहेको र अब आफ्ना उत्पादनमा सुधार ल्याउने प्रयास भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

दुखाई कम गर्ने औषधीले दुर्व्यसन बढाएको भन्दै अमेरिकी औषधी निर्माता कम्पनी जनसन एण्ड जनसनलाई अदालतले ५७ करोड २० लाख डलर जरिवाना गर्ने निर्णय सुनाएसँगै अर्को कम्पनी पर्डयु फार्मा समेत चनाखो बनेको हो ।

औसतमा १ सय ३० जना अमेरिकीहरुको औषधीको डोज बढी भएर मृत्यु हुने गरेको अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रहरुको तथ्यांक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);