डडेल्धुराका दर्जनौं ऐतिहासिक धर्मशाला जीर्ण अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

डडेल्धुराका दर्जनौं ऐतिहासिक धर्मशाला जीर्ण अवस्थामा

dharmasala dadeldhura

विमल जैरु
डडेल्धुरा, ११ भदौ । डडेल्धुराका विभिन्न स्थानमा सयौँ वर्ष पहिले निर्माण गरिएका कलात्मक पुर्खाको नासो ऐतिहासिक धर्मशाला मर्मत सम्भारको अभावमा मेटिदै जान थालेका छन् । कतिपय धर्मशाला भत्कीसकेका छन् भने कतिपय भत्कीने अवस्थामा पुगेका छन् ।

डडेल्धुरा सदरमुकामदेखि महाभारत पहाड हुँदै जोगवुढाबाट कञ्चनपुर जाने यस पैदल बाटोका विभिन्न स्थानमा निर्माण गरिएका ऐतिहासिक धर्मशाला जिर्ण बनेका छन् ।

कलात्मक ढुंगा र माटोले निर्माण गरेका दर्जनौं ऐतिहासिक धर्मशालाको मर्मत सम्भार हुन नसक्दा जिर्ण बन्दै गएका हुन् । यस बाटोका छेउछाउमा सयौ वर्ष पहिले निर्माण गरिएका दर्जनौ कलात्मक धर्मशाला मर्मत संभारको अभावमा कतिपय भत्कीसकेका छन् भने कतिपय भत्कीने अवस्थामा पुगेका छन् ।

डडेल्धुरा सदरमुकाम सम्म यातायातको पहुँच संगै यो वाटोमा मानिसको आवतजावत कम भए संगै आजभोलि स्थानीयहरुले गाई गोठको रुपमा प्रयोग गरिरहेका छन् भने जंगलमा रहेका ऐतिहासिक धर्मशालामा घाँस उम्रीएका छन् ।

डडेल्धुरा सदरमुकाम सम्म यातायातको पहुँच नहुँदा सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लाका मानिसहरु नुन,तेल, लत्ताकपडा लगायत अन्य खाद्यान्न वस्तु खरीदका लागि कञ्चनपुर जिल्ला जान यही बाटोमा पैदल आवतजावत गर्दा यिनै धर्मशालामा बस्ने गरेको चिरकीट्टेका स्थानीय वाम देव पनेरुले बताउनु भयो ।

यी कलात्मक धर्मशालाको मर्मत संभार गरी संरक्षण गरेर पुर्खाको ईतिहास बचाउन स्थानीय सरकारले महत्वपुर्ण भुमिका खेल्नु पर्ने स्थानीय जनक बहादुर बिष्टको भनाई छ ।

बजेटको अभाव हुँदा धर्मशालाको मर्मत संभार हुन नसकेको अगरगढी नगरपालिकाले जनाएको छ । पुर्खाले निर्माण गरेका यी ऐतिहासिक कलात्मक धर्मशालाको मर्मत संभार गरी संरक्षण गर्नका लागि स्थानीय सरकारले पहल गरेको भएपनी आवश्यक स्थानीय सरकारले धर्मशालाको लगत लिई संरक्षण गर्ने अमरगढी नगरपालिका वडा नम्वर ३ का अध्यक्ष गोविन्द बोहराले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);