नेपाल भारत मैत्री धर्मशाला उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

साउन ८ २०८३, शनिबार

नेपाल भारत मैत्री धर्मशाला उद्घाटन

Pashupati udghatan

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार काठमाडौँको तिलगंगामा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको संयुक्त रुपमा उद्घाटन गरे ।

बीस वर्षअघिदेखि तीन पटकसम्म शिलन्यास भएर निर्माण हुन नसकिरहेको धर्मशाला भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पहिलो नेपाल भ्रमणको समयमा यसलाई पूर्णता दिने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप काठमाडौंस्थित भारतीय दूतावास र पशुपति विकासकोवीच सम्झौता भएर २०१६ सेप्टेम्वरदेखि धर्मशाला निर्माणको कार्य अगाडि बढेको थियो ।

२९८ शैयाको तीन तले धर्मशाला करिब १० हजार २३ वर्ष मिटर क्षेत्रफलमा फैलिएको छ । नेपाली कलात्मक शैलीमा निर्माण गरिएको सुविधा सम्पन्न धर्मशालामा करीब २० करोेड रुपियाँ खर्च भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

धर्मशाला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले भारत सरकारको सहयोगको लागि आभार व्यक्त गर्दै हाम्रा पुर्खाले छोडेका ज्ञान र प्रविधिहरुलाई पुनर्जागरण गरिनुपर्ने धारणा ब्यक्त गरे । उनले सो अवसरमा भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय अटलविहारी बाजपेयीका कविताहरु प्रकाशन गरिने पनि प्रतिवद्धता ब्यक्त गरे ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

ताजा समाचार