एजेन्सी, १० भदौ । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । मंगलबार भएको खेलमा रुसी प्रतितद्वन्दि मारिया सारापोभालाई २–० को सहज सेटमा पराजित गर्दै सेरेनाले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
सारापोभाविरुद्ध पाँच एसेज प्रहार गरेकी सेरेनाले पाँचवटा ब्रेक पोइन्ट जितेकी थिइन् । उनले ६–१ र ६–१ को सहज जित निकालिन् । सारापोभाविरुद्ध जित निकाल्न सेरेनाले ५९ मिनेटको समय लगाइन् ।
युएस ओपन अन्तर्गत नै महिलातर्फ विश्व नम्बर दुई एस्लेइघ बार्टी, र कारोलिना प्लिस्कोभाले दोस्रो चरणको यात्रा तय गरेका छन् ।