यू-१५ पुरुष फुटबल : नेपालद्वारा श्रीलंका २-० गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८१, शनिबार

यू-१५ पुरुष फुटबल : नेपालद्वारा श्रीलंका २-० गोलले पराजित

काठमाडौं, ६ भदौ । नेपालले भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन शशांक बोहोरा र अशिम राईले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४६ औं मिनेटमा शशांकले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

श्रीलंकाको यो पहिलो हार हो । श्रीलंकाले २ खेलबाट ३ अंक नै जोडेको छ । श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३–२ गोल अन्तरले हराएको थियो । अब नेपालले तेस्रो खेलमा मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);