प्रथम जननिर्वाचित प्रधानमन्त्री 'विपी'को जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाईँदै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको आज १ सय ३ औं जन्मजयन्ती मनाईंदै छ । विपीको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदै छन्।

१९७१ साल भदौ २४ गते जन्मिएका विपी २०१५ सालको आम चुनावपछि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। विपीले मुलुकमा प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गरेका थिए।

आदर्श राजनीतिज्ञका रुपमा परिचित विपी साहित्यकारका रुपमा समेत उतिकै चर्चित थिए। उनका दोषी चश्मा, तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाई, बाबु, आमा र छोरा लगायत कृति लोकप्रिय छन् । विपीको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);