सरकार संचालनको परीक्षामा प्रधानमन्त्री ओली असफल : नेता रिजाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

सरकार संचालनको परीक्षामा प्रधानमन्त्री ओली असफल : नेता रिजाल

minendra rijal

काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा रिजालले सरकारले संसदसंग गरेको कार्यसम्पादन करार पुरा गर्न नसकेको दाबी गर्नुभयो । उहाँले बजेट कार्यान्वयन सरकारले संसदसंग गरेको कार्यसम्पादन भएको भन्दै त्यो पुरा हुन नसकेकाले प्रधानमन्त्री शासन संञ्चालनको परीक्षामा असफल भएको तर्क गर्नुभयो ।

रिजालले आधार बर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीसंग आग्रह समेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);