ला लिगाको पहिलो खेलमै बार्सिलोना पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

ला लिगाको पहिलो खेलमै बार्सिलोना पराजित

antoine-griezmann

एजेन्सी, ३२ साउन । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरु भए संगै साबिक विजेता बार्सिलोनाले खराब सुरुवात गरेको छ । ला लिगा फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको हो ।

सिजनको पहिलो खेलमा साबिक विजेता बार्सिलोना तुलनात्मक रुपमा कमजोर मानिएको टिम एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमो एथ्लेटिको बिल्बाओले ८९ औँ मिनेटमा विजयी गोल गरेको हो । उसका लागि ३८ वर्षे खेलाडी एरिट्ज अडुरिजले गोल गरेका हुन् ।

साबिक विजेता बार्सिलोनाले निकै मन्द गतिको खेल प्रस्तुत गरेको हो । लुइस स्वारेज र राफिन्हाले वुडवर्क प्रहार गरे । बार्सिलोनाको टिममा यहि सिजन आएका एन्टोनी ग्रिजम्यान रहे पनि उनले आफ्नो प्रभाव कायम गर्न सकेनन् । स्वारेज चोटका कारण मैदानबाट बाहिरिन बाध्य भए ।

काल्फ इन्जुरीका कारण लियोनल मेस्सी बिना खेलेको बार्सिलोना सिजनको पहिलो खेलमै निराश बनेको हो । यस्तै बार्यन म्युनिख लोनमा जाने तयारी रहेको भनिएका फिलिप कोन्टिन्हो पनि खेलमा थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);