नेकपाको सचिवालय बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

नेकपाको सचिवालय बैठक आज बस्दै

nekapa-sachiwalaya

काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक आज अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । नेकपाका पार्टीका बिभिन्न विभागमा नेतृत्व चयन र केन्द्रिय सदस्यहरुको कार्यबिभाजनका बिषयमा शीर्ष नेताहरुबीचनै सहमती जुट्न सकेको छैन ।

नेकपामा खासगरी पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा कसलाई ल्याउने भन्ने बिषयमा बिवाद हुँदै आएको छ । मंगलवार बस्ने भनिएको बैठक पनि तयारी नपुगेको भन्दै बुधवारका लागि सारिएको थियो । बुधवार पनि बैठक बस्न सकेन । यस अघि सचिवालय बैठक साउन १३ गते बसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);