ऐनसेलले गर्यो काठमाडौँ युनिर्भसिटी र धुलीखेल अस्पतालसंग सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ऐनसेलले गर्यो काठमाडौँ युनिर्भसिटी र धुलीखेल अस्पतालसंग सम्झौता

dhulikhel hospital

काठमाडौं, २९ साउन । दुरसंचार प्रदायक कम्पनी ऐनसेलले धुलीखेल अस्पताल र काठमाडौँ युनिर्भसिटी अस्पतालसंग टेलिमेडिसिन र हेल्थइन्फर्मेटिक्स् कार्यक्रम संचालनका लागि सम्झौता गरेको छ ।

ग्रामिण दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको एनसेलले जनाएको छ । यस सेवा अंतर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहाका लागी आबश्यक कनेक्टीभिटी पूर्वाधार निर्माण गरी धुलीखेल अस्पताललाई हस्तान्तरण गरीने एनसेलले जनाएको छ । यसका साथै २ वर्षका लागी यो कार्यक्रम संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरीदका लागि एनसेलले धुलीखेल अस्पताललाई आर्थिक सहायता गर्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);