दिनभर सेवा अवरुद्ध भएपछि एनसेलले माग्यो माफी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

दिनभर सेवा अवरुद्ध भएपछि एनसेलले माग्यो माफी

काठमाडौं, २२ मंसिर । बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो । एनसेलले एक सूचना जारी गर्दै आफ्ना ग्राहकसँग माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो ।

‘एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेको भन्दै चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको बताएको छ । ‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले माफी माग्दै भनेको छ ।

यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।

सूचनामार्फत एनसेल भन्छ– हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं । साथै, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);