वेस्ली स्नाइडरले लिए फुटवलबाट सन्यास | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

वेस्ली स्नाइडरले लिए फुटवलबाट सन्यास

Wesley-Sneijder

एजेन्सी, २८ साउन । नेदरल्याण्डका पूर्व मिडफिल्डर वेस्ली स्नाइडरले फुटबलबाट सन्यास लिएका छन् । च्याम्पियन्स लिग विजेता मिडफिल्डर स्नाइडरले मंगलबार व्यबसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

डच टिमबाट सर्वाधिक खेल खेल्ने फुटबलर स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट भने गत वर्ष नै सन्यास लिएका थिए । डच क्लब आयाक्सबाट फुटबल खेल्न शुरु गरेका स्नाइडरले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब इन्टर मिलान र टर्किस क्लब गलातासारेबाट खेलेका थिए ।३५ वर्षे स्नाइडरले आयाक्सबाट १सय २६ खेलमा ४३ गोल गरेका थिए ।

सन् २००७ मा स्पेनिस क्लब आएका उनले रियलबाट ५२ खेलमा ११ गोल गरेका थिए । उनले रियलबाट एक पटक ला लिगा जितेका थिए ।विश्वकप उपविजेता टोलीका सदस्य स्नाइडरले नेदरल्याण्डबाट १सय ३४ खेल खेलेका थिए ।

सन् २०१०मा दक्षिण अफ्रिकाको विश्वकपमा नेदरल्याण्ड उपविजेता रहदा स्नाइडर टिममा रहेका थिए । यस्तै सन् २०१४ को ब्राजिल विश्वकपमा नेदरल्याण्ड तेस्रो हुँदा उनि टिममा मुख्य खेलाडी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);