आरक्षण बचाऔं आन्दोलनका सहभागीहरु प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

आरक्षण बचाऔं आन्दोलनका सहभागीहरु प्रहरी नियन्त्रणमा

arakshan bachau niyantran

काठमाडौं, २६ साउन । सिंहदरबार घेराउ गर्न भन्दै राजधानीको भद्रकालीमा भेला भएका आरक्षण बचाऔं आन्दोलनमा सहभागी ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोक सेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि खुलाएको विज्ञापन संविधान विपरित भएकोले खारेज गर्नुपर्ने माग राख्दै आईतबार राजधानीको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रर्दशनकारीहरुले सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई पटक–पटक माईकमार्फत् सचेत गराएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए । उनीहरुले विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);