ललितपुर, २४ साउन । ललितपुर महानगरपालिकाले पनि सडक सफाइका लागि २ वटा ब्रुमर संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिनु भएको हो ।
मेयर महर्जनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताउनु भयो ।
अत्याधुनिक प्रविधियुक्त भनिएको सो ब्रुमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा संचालन गरिनेछ । इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ ।