टी–२० पहिलो ईलिमिनेटर खेलमा सन्दिपको टिम २ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

टी–२० पहिलो ईलिमिनेटर खेलमा सन्दिपको टिम २ रनले पराजित

t20 sandeep

काठमाडौं, २४ साउन । ग्लोबल टी–ट्वान्टी अन्तर्गत पहिलो ईलिमिनेटर खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

अर्का नेपाली खेलाडी सोमपाल कामीको टिम विन्निपेग होक्सविरुद्वको खेलमा टोरन्टो नेसनल्सका सन्दीपले दुई विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारे । पहिला ब्याटिङ गरेको सन्दीपको टिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । पहिलो बल डट फालेका सन्दिपले दोस्रो, तेस्रो बलमा एक एक रन दिए । त्यसपछि चौथो बल फेरी उनले डट फाले ।

पाँचौ बलमा एक रन दिएको सन्दिपले अन्तिम बलमा छक्का खान पुगे ।ब्यक्तिगत चौथो तथा अन्तिम ओभरमा सन्दिपले उत्कृष्ट बलिङ गरे । उनले सो ओभरमा मात्र चार रन दिएर एक विकेट लिन सफल भए । जसमा सन्दिपले पहिलो बल डट फाले भने दोस्रो बलमा दुई रन दिए । तेस्रो बल फेरी डट फालेका उनले चोथो बलमा साहेलको विकेट लिन सफल भए । उनले सोहेललाई ३६ रनमा पेभेलियनको बाटो देखाए ।

त्यसपछि बाँकी दुई बलमा दुई रन दिए । तर उनको टिम टोरन्टो भने प्रतियोगिताबाट बाहिरीयो । डकवर्थ एण्ड लुइसको नियम अनुसार २ रनले पराजित हुँदै सन्दिपको टिम प्रतियोगिताबाट बाहिरीयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);