बैजनाथपुर क्षेत्रीय रंगशालामा अनियमितता, दुई फिट खाल्डो खन्न २६ लाख ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बैजनाथपुर क्षेत्रीय रंगशालामा अनियमितता, दुई फिट खाल्डो खन्न २६ लाख !

baijanathpur

काठमाडौं, २३ साउन । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २८ लाख खर्च गरेर निर्माण गरेको क्रिकेट प्रतियोगिता गराउने पिचको दृश्य हो यो ।

बैजनाथपुर रंगशाालामा क्रिकेटको पिच निर्माण गर्न मन्त्रालयले ४३ लाख बजेट छुट्याएको थियो । उक्त बजेट जिल्ला स्वास्थ्य कार्यालयमार्फत नवीन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिसँग जेठमा सम्झौता गरी क्रिकेट पिच निर्माण गर्न हस्तान्तरण गरिएको थियो । समितिले क्रिकेट पिच निर्माण गरिसकेको बिल भर्पाइ पेस गरेर २६ लाख भुक्तानी लिइसकेको छ । समितिले भुक्तानी लिइसकेको भए पनि रंगशालामा क्रिकेट पिच निर्माण गर्ने भन्दै खनिएको खाल्डोबाहेक अन्य कुनै काम भएको छैन । आर्थिक वर्ष सकिनलाग्दा खनिएको खाल्डोमा पानी भरिएर पोखरी बनेको छ । समितिले पिच बनाउन फाउन्डेशन निर्माणको सामान्य कामबाहेक अन्य काम नगरे पनि रकम भुक्तानी लिएर अनियमितता गरेको प्रस्ट हुन्छ ।

मन्त्रालयले विराटनगर १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच बनाउन ८५ लाख रुपैयाँ बजेट निकासा दिएको थियो । त्यसमध्ये पिच निर्माणका लागि ४३ लाख रुपैयाँ र पिच रोलरलगायत अन्य उपकरण खरिदमा ४२ लाख रुपैयाँ विनियोजन भएको थियो । पिच रोलर, म्याट, ग्रास कटरलगायत उपकरण खरिद गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);