प्रदेश १ सरकार : अलमलमै डेढ वर्ष | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रदेश १ सरकार : अलमलमै डेढ वर्ष

pradesh 1

काठमाडौं, २३ साउन । प्रदेश १ सरकारको डेढ वर्ष अलमलमै बितेको छ । पहिलो आवमा पूरक र गत वर्ष पूर्ण बजेट ल्याए पनि अहिलेसम्म देखिने काम एउटै छैनन् ।

मुख्यमन्त्री शेरधन राई स्वयं जनताले सम्झने खालका काम नभएको स्विकार्छन् । ‘विगत वर्षको पूरक र गत वर्षको पूर्ण बजेट कार्यान्वयन गर्दासम्म भन्न सक्ने र जनताले सम्झिने काम भएको छैन,’ उनले भने, ‘तर ६६ वटा सडक बहुवर्षीय योजनाअन्तर्गत ठेक्का प्रक्रिया पूरा भएकाले चालु आर्थिक वर्षबाट निर्माण सुरु गर्छौं ।’

मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमअन्तर्गत पालिकाबाट पालिका, पालिकाबाट सदरमुकाम, पालिकाबाट राजमार्ग र महत्त्वपूर्ण बजार जोड्ने ८१ वटा सडकको काम सुरु गरेको उनको भनाइ थियो । राईले पर्यटन पूर्वाधारअन्तर्गत केही महत्त्वपूर्ण अध्ययन, सर्वेक्षणको काम भएको बताए ।

‘हिमालयन ट्रेलमार्गको विस्तृत अध्ययनको काम भइरहेको छ,’ उनले भने, ‘केही केबलकार परियोजना अध्ययनको काम र महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक क्षेत्रहरूलाई सर्किटका रूपमा विकास गर्न अध्ययन भइरहेको छ ।’ सुनसरीको कोसी गाउँपालिकास्थित कोसी कटानमा ‘रिफ्रेसमेन्ट सेन्टर’ निर्माणका लागि जग्गा अधिग्रहणसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेकोले चालु आर्थिक वर्षमा टेन्डर गरेर निर्माण थाल्ने तयारी अन्तिम चरणमा पुगेको मुख्यमन्त्री राईको भनाइ छ ।

कृषि क्षेत्रमा नमुना कृषि परियोजनाको काम सुरु भइरहेको उनले बताए । ‘उद्योग क्षेत्रमा योजनाबद्ध रूपमा लगानी भित्र्याउन झापा, मोरङ, सुनसरी र उदयपुरमा लिजमा जग्गा उपलब्ध गराउन वर्गीकरणको काम अघि बढाएका छौं,’ उनले भने, ‘जग्गाको वर्गीकरण गर्न चाँडै एउटा समिति निर्माण गर्ने तयारी गरेको छु ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);