पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने गरी सम्पदाहरुको पुनर्निर्माण : ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने गरी सम्पदाहरुको पुनर्निर्माण : ज्ञवाली

sushil gyawali

काठमाडौं, २२ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाइएको दावी गर्नु भएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीय जनताको जीवनस्तरमा परिवर्तन हुने गरी पर्यटन प्रवर्द्धनमा जोड दिएर काठमाडौं उपत्यकाको सम्पदा पुननिर्माणका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि स्पष्ट पार्नु भयो ।

बुधबार ललितपुरको पिलाछेँमा स्थानीय जनताकै अग्रसरतामा पुनर्निर्माण भईरहेको घरहरुको अनुगमन पछि उहाँले सबै सम्पदाहरुको पुनर्निर्माण गर्दा पर्यटन प्रवर्द्धन हुने गरी गर्ने योजना तय गरिएको बताउनु भयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको सम्पदा पुनर्निर्माणको सबै काममा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । पिलाछेँमा पर्यटन प्रवर्द्धन परियोजना बनाएर स्थानीयको सहभागितामा घरहरुको पुननिर्माणको कामलाई अघि बढाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);