दशरथ रंगशालाको पुननिर्माण कात्तिक १५ सम्म सम्पन्न हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

दशरथ रंगशालाको पुननिर्माण कात्तिक १५ सम्म सम्पन्न हुने

dasharath rangasala

मनिषा महर्जन
काठमाडौं, २० साउन । भूकम्पले ध्वस्त भएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय खेल मैदान दशरथ रंगशालाको निर्माण कार्यलाई अहिले तिव्रता दिइएको छ । आगामी कार्तिक १५ गतेसम्म सम्पुर्ण निर्माणकार्य सम्पन्न हुने गरी कामले तिब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । २०७२ सालको भुकम्पले धेरै क्षति पु¥याए यता रंगशालामा कुनै खेल हुन सकेको छैन ।

वि.सं २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएको दशरथ रङ्गशाला पुनर्निमाण कार्यले तिब्रता पाएको छ । क्षति पश्चात् अन्तर्राष्ट्रिय लगायत कुनै राष्ट्रिय खेल पनि आयोजना हुन नसकेको दशरथ रङ्गशालामा आउँदो मंसिरबाट दक्षिण एसियाली खेलकुद सागका लागि पुनर्निमाण कार्यले तिब्रता पाएको हो ।

रङ्गशाला रङ्ग्याउने, रेलिङ लगाउने, पेटी निर्माण, प्याराफिटमा रेट्रोफिटिङ जस्ता कामहरु अन्तिम चरणमा पुगेका छन् । बाँकी कामहरु एक महिनामा सम्पन्न हुने र भिआइपी प्याराफिट निर्माण लगायत सम्पुर्ण निर्माणकार्य कार्तिक १५ सम्ममा सकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले जानकारी दिनु भयो ।

भिआइपी प्याराफिटमा आवश्यक कुर्सीका लागि टेण्डर प्रक्रिया सकिएको छ । टेन्डरबाट एक भारतीय र एक चिनियाँ कम्पनीबाट कुर्सी ल्याइने भएको छ । सन् १९५६ मा निर्माण भई विभिन्न चरणमा पुनर्निमाण भईसकेको दशरथ रङ्गशाला २०३७ सालदेखि अन्तराष्ट्रिय स्तरको खेल आयोजनाको लागि तयार गरिएको थियो ।

तर ७२ सालको भुकम्पपछि खेल त परको कुरा कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदका लागि नेपाली खेलाडीहरुले अभ्यास समेत गर्न पाएका छैनन् । अहिले पुनर्निमाणका लागि साउन्ड सिस्टम र विद्युतीय सिस्टम बाहेक सम्पुर्ण खर्च नेपाल सरकारले व्यहोरेको छ ।

समग्रमा दशरथ रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्ले दावी गरेको छ । रङ्गशालामा राति हुने खेलका लागि प्रयोग हुने फडलाइट, दौड हुने सिन्थेटिक ट्रयाक र साउण्ड सिस्टम जडान भईसकेको छ । तर देशको खेल प्रतिष्ठासंग प्रत्यक्ष सरोकार राख्ने दशरथ रङ्गशालाको पुनर्निमाण कार्यमा ढिलासुस्ती गरिएको कतिपय विज्ञ तथा खेलाडीहरुको गुनासो पनि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);