सवारी साधनमा स्ट्रिकर टाँस्ने ट्राफिकको अभियान | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सवारी साधनमा स्ट्रिकर टाँस्ने ट्राफिकको अभियान

नुवाकोट, १७ साउन । जिल्ला ट्राफिक कार्यालय र प्रहरी कार्यालय नुवाकोटले चालकहरुलाई सुरक्षित गति सम्बन्धी जानकारी गराउँदै सवारीमा स्ट्रिकर टाँस्ने अभियान चलाएको छ ।

नुवाकोटको विभिन्न रुटमा चल्ने छोटो तथा लामो दुरीका यातायातका चालकहरुलाई ट्राफिक नियमबारे सचेत गराउँदै यातायातको परिक्षण गरिएको हो । सवारी साधनहरुले यात्रुहरुसँग चर्को भाडा असुल्ने गरेको, सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको र प्रचारप्रसार गरेअनुसारको यात्रुहरुलाई सेवा सुबिधा नदिएको गुनासो बढेपछि चेकिङमा कडाई गरेको प्रहरीले जनाएको छ ।

सवारीसाधनको अनुगमनको क्रममा २५ ओटा भन्दा बढी यातायात साधनको अनुगमन गर्दा केही कमजोरी देखिएकोले एक साताको समय दिई छोडिएको ट्राफिक प्रहरीले जनाएको छ । नुवाकोटको सबै क्षेत्रमा सवारी दुर्घटना हुन नदिन सवारी चेकिङलाई तिब्रता दिंदै ठाउँठाउँमा कन्भेक्स लेन्स राखिएको ट्राफिक प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);